काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेण्ट कम्पनीले आफ्ना लगानीकर्तालाइ ढुक्क भएर बस्न आग्रह गरेको छ । कम्पनीको पोर्टफोलियो राम्रो भएको र आगामी दिनमा राम्रो प्रतिफल दिने भन्दै लगानीकर्तालाई ढुक्क हुन आग्रह गरेको हो । हाल कम्पनीसँग ७७ करोड रुपैयाँ सेयर पूँजी रहेको सो कम्पनीको लगानी मात्र ५७ करोड रुपैयाँ रहेको कम्पनीका अध्यक्ष गुरुप्रसाद न्यौपानले बताएका…