काठमाडौं । भुकम्पले तहसनहस बनाएको सुनचाँदी बजार विस्तारै तंग्रिन थालेको छ । गत बर्ष भन्दा सुनचाँदीको विक्री पनि बढेको सम्वन्धित व्यवसायीहरु बताउँछन् । त्यसमा पनि विवाहको सिजन नजिकिदै गर्दा स्थानीय बजारमा सुनको कारोवारमा पनि बृद्धि भएको हो । अन्य समयको तुलनामा सुन,चाँदीको विक्री करिव ६५ प्रतिशतले बढेको सम्वन्धीत व्यवसायीहरु बताउँछन् । तिहारमा सुन तथा चाँदी…