Logo

सिटिजन्स बैंकको नयाँ शाखा झापाको हल्दिबारीमा, शाखा संख्या ६५ पुग्यो

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो ६५ औं शाखा झापाको हल्दिबारीमा संचालनमा ल्याएको छ । सोमबार बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले बैंकिङ कारोवारको सुरुवात गरेका हुन् । बैंकले ६५ वटा शाखा, ६२ वटा एटिएम काउन्टर र ९७ वटा शाखारहित आधुनिक बैंकिङ सेवाहरुबाट करिव ३ लाख ५० हजार ग्राहकहरुलाई सेवाप्रदान गर्दै आएको छ…