काठमाडौं । पछिल्लो समय टेलिफोन सेवा प्रदायकहरुले डेटामा विशेष योजना सार्वजनिक गर्न थालेका छन् । मोबाइल डेटाका प्रयोगकर्ता बढेसँगै नेपाल टेलिकम, एनसेल, स्मार्ट टेलिकम लगायतले विशेष छुट तथा योजना सार्वजनिक गर्न थालेका हुन् । ‘भ्वाइस’बाट प्रयोगकर्ताहरु विस्तारै डेटातर्फ आकर्षित हुन थालेकोले डेटामा उपभोक्तालाई सुविधा दिने उद्देश्यसहित छुटको व्यवस्था गरिएको नेपाल टेलिकमका सहायक प्रवक्ता सोभन अधिकारीले…