काठमाडौं । काठमाडौं महानगरपालिले मंगलबारदेखि औपचारिक रुपमा फोहोरबाट बिजुली उत्पादन शुरु गरेको छ । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य र युरोपियन युनियनको नेपालका लागि राजदूत रेन्सजे टिरिंकले बायोग्यास प्लान्टको संयुक्त रुपमा उद्घाटन गरी बिजुली उत्पादन शुरु गरिएको हो । लामो समयको परिक्षणपछि आजदेखि विद्युत उत्पादन शुरु गरिएको हो । एकिकृत दिगो फोहोरमैला व्यवस्थापन परियोजना अन्तर्गत…