काठमाडौं महानगरपालिकाले रानीपोखरी पूनर्निर्माणको जिम्मा पाएको वर्ल्डवाइड कँडेल केएन केजीभीसँगको पुरानो ठेक्का रद्द गरेपछि नयाँ सुचना निकाल्ने तयारी गरेको छ । स्थानीयको विरोधपछि पुरानो ठेकदारसँग सम्झौता तोडेको महानगरपालिका नयाँ ठेक्काको तयारीमा जुटेको सह प्रवक्ता नमराज ढकालले जानकारी दिए । यस अघि छुट्याइएको ११ करोडको ठेक्कामध्य महानगर र ठेकेदारबीच ६ करोडको ठेक्का स्विकृत भएको थियो ।…