Logo

रानीपोखरी पूनर्निर्माण गर्न नयाँ ठेक्का दिने तयारी, पुरानै संरचनामा नक्सांकन हुँदै

रानीपोखरी पूनर्निर्माण गर्न नयाँ ठेक्का दिने तयारी, पुरानै संरचनामा नक्सांकन हुँदै



काठमाडौं महानगरपालिकाले रानीपोखरी पूनर्निर्माणको जिम्मा पाएको वर्ल्डवाइड कँडेल केएन केजीभीसँगको पुरानो ठेक्का रद्द गरेपछि नयाँ सुचना निकाल्ने तयारी गरेको छ । स्थानीयको विरोधपछि पुरानो ठेकदारसँग सम्झौता तोडेको महानगरपालिका नयाँ ठेक्काको तयारीमा जुटेको सह प्रवक्ता नमराज ढकालले जानकारी दिए ।

यस अघि छुट्याइएको ११ करोडको ठेक्कामध्य महानगर र ठेकेदारबीच ६ करोडको ठेक्का स्विकृत भएको थियो । ठेकेदारले सम्झौता अवधिभर २ करोडको काम गरेकोभएपनि पुरानो संरचना अनुसार नभएको भन्दै स्थानियले विरोध जनाएका थिए ।

नयाँ सुचनामा यसअघिको कंक्रिट हटाउने विषय पनि समेटिने महानगरले जनाएको छ । महानगरले यसै हप्ताभित्र सुचना प्रकाशित गरेर बढीमा एक महिनाभित्र काम गर्ने तयारी गरेको छ ।

सह–प्रवक्ता ढकालका अनुसार पुरातत्व विभागबाट पुरा इस्टिमेट नआउँदा  काममा केही ढिलाई भएको हो । पुरातत्व विभागले नक्सांकनको काम जारी राखेकोले त्यो पुरा भएपछि अगाडी बढ्ने उनले जानकारी दिए ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL