काठमाडौं । काठमाडौंको टुँडिखेलमा प्यारासुट दुर्घटनामा एक जना सैनिक घाईते भएका छन । महाशिबरात्री तथा सैनिक दिवशको अवसरमा सैनिक कौशल देखाउने क्रममा प्यारासुट दुर्घटना भएको हो । सैनिक कौशलमा फ्रि फल कौशल देखाउने क्रममा दुर्घटना भई घाईते भएका सैनिकको हाल विर अस्पतालमा उपचार भईरहेको छ ।