Logo

सिभिल होम्सले बेच्यो १ हजार १ घरहरु, स्मार्ट सिटीको परियोजना ल्याउँदै

सिभिल होम्सले बेच्यो १ हजार १ घरहरु, स्मार्ट सिटीको परियोजना ल्याउँदै



काठमाडौं । सिभिल ग्रुप अफ कम्पनी अन्तर्गतको सिभिल होम्सले आफ्ना १ हजार १ घरहरु ग्राहकलाई हस्तान्तरण गरेको छ । कम्पनीले आफ्नो १८ औं बर्षमा आफ्ना घरहरु १ हजार १ जना ग्राहकलाई हस्तान्तरण गर्ने सफल भएको हो ।

laxmi

कम्पनीले आईतबार एक कार्यक्रमको आयोजना गर्दै कम्पनीले १ हजार १ ओटा घर बेचेको अवसरमा १ हजार एक औं ग्राहकलाई सम्मान गरेको छ ।

कम्पनीले हालसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा गरी १ हजार १ ओटा घरहरु तथा विभिन्न अपार्टमेन्टहरु आफ्ना ग्राहकलाई हस्तान्तरण गरेको छ । कम्पनीले १८ बर्षअघि सुरु गरेको ब्यवस्थित हाउजिङ परियोजना हालसम्म आईपुग्दा ९ फेजसम्म पुगेको छ ।

कम्पनीका अनुसार पहिलोपटक भैसेपाटीबाट फेज १ का रुपमा सुरु गरिएको उक्त परियोजना हालसम्म आईपुग्दा कलंकी, तीनथाना, सुनाकोठी लगायत गरि ९ औं फेजसम्म आईपुगेको छ ।
कम्पनीले विभिन्न क्षेत्रमा गरी १ हजार १ घर बेचिसकेको र अबको केही बर्षमा १ लाख १ ओटा घरहरु ग्राहकलाई उपलब्ध गराउने हिसावले काम गरिरहेको सिभिल ग्रुप अफ कम्पनीका महाप्रबन्धक ईच्छाराज तामाङले जानकारी दिए । उनका अनुसार हाउजिङ क्षेत्रमा जग्गाको कित्ताकाट, जग्गा प्राप्ती, हदबन्दी लगायतका समस्याहरु रहेका छन जसलाई सरकारले समाधान गरिदिन सक्छ ।

अबको केहि बर्षमा ब्यबस्थीत शहर बनाउने उद्देस्यले काभ्रेको पाँचखालमा स्मार्ट सिटीको परियोजना अगाढी बढाउन लागेको बताउँदै उनले उक्त सिटीको विस्तृत परियोजना अध्ययन गर्न लागेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL