नेपाल उद्योग वाणिज्य महासंघ र फ्रान्सको विजनेश कन्फिडेरेशन (मेडेफ इन्टरनेशनल) बीच सहमति पत्रमा हस्ताक्षर भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा बुधबार एक कार्यक्रमकाबीच पेरिसमा उक्त सहमतीपत्र मा हस्ताक्षर भएको हो । सम्झौतापत्रमा महासंघका अध्यक्ष भवानी राणा र मेडेफ इन्टरनेशनलका अध्यक्ष फ्रेडरिक सान्जेजले हस्ताक्षर गरेका हुन् । सम्झौतासँगै नेपाल तथा फ्रान्स बीच आर्थिक व्यवसायिक…