काठमाडौं । बुद्ध एयरको भारतको कोलकत्ता उडानको मिति सरेको छ । भारतले लोकसभा निर्वाचनको मिति तोकेसँगै बुद्ध एयरको कोलकत्ता उडान मिति सरेको हो । बुद्धले यसअघि आगामी बैशाख २ गतेबाट कोलकाता उडान गर्ने उद्घोष गरेको थियो । तर, भारतले विभिन्न चरणमा गरी अप्रिल ११ देखि मे १९ सम्म लोकसभा निर्वाचनको मिति घोषणा गरेको छ ।…