काठमाडौं । भ्यू टावर निर्माणको काम अपेक्षा अनुरुप अघि बढ्न नसकेपछि काठमाडौं महानगरपालिकाले एक वर्ष समय थप गरेको छ । निर्माण कम्पनीले अहिलेसम्म ५० प्रतिशत काम सकिसक्नुपर्ने भए पनि हालसम्म जमीनमुनिकै काम गरिरहेकाले ठेकेदारको माग अनुरुप समय थप गरिएको कामपाले जानकारी दिएको छ । निर्माणको कामअन्तरगत अहिले जमीनमुनिको काम भइरहेको छ । जमीनमुनिको ८० प्रतिशत…