काठमाडौं । काठमाडौं महानगरपालिकाले लकडाउनको समयमा बाहिर ननिस्कन सबैलाई आग्रह गरेको छ । कोभिड १९ (कोरोना भाइरस) को प्राणघातक महामारीबाट नागरिकलाई जोगाउन सरकारले जारी गरेको उक्त निर्देशनलाई पालना गरी सो अवधिभर सम्पूर्ण नगरवासीहरू सुरक्षित र संयमतापूर्वक आ–आफ्नै घरमा बसी महामारी विरुद्धको अभियानलाई सहयोग गरिदिन महानगरले आग्रह गरेको हो । विश्वव्यापी महामारीका रूपमा फैलिँदै गइरहेको उक्त…