Logo

कान्तिपुर कोभिड–१९ रोकथाम कोषमा सिद्धार्थ बैंकको १५ लाख सहयोग, सामाजिक उत्तरदायित्व भएको भनाई

कान्तिपुर कोभिड–१९ रोकथाम कोषमा सिद्धार्थ बैंकको १५ लाख सहयोग, सामाजिक उत्तरदायित्व भएको भनाई


बिजखबर संवाददाता
81
Shares

बिजखबर संवाददाता

काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड १९) विरुद्ध सिंगो विश्व नै लडिरहेको छ । यस रोगको रोकथाम तथा नियन्त्रणका लागि सरकारका साथै सम्पूर्ण नागरिकहरुको उत्तिकै महत्वपूर्ण भूमिका रहन्छ । महामारी रोकथाम तथा नियन्त्रण अभियानमा साथ दिनु यस बैंकले पनि आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वको रुपमा लिएको छ ।

कोरोना रोकथामका निमित्त आवश्यक पर्ने नमूना परीक्षण किट एवं स्वास्थ्य उपकरणहरुको व्यवस्थापन गर्न सरकारले स्थापना गरेको ‘कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोष’ को समन्वयमा गरेको छ ।

सरकारी अस्पतालमा खर्च गर्ने प्रयोजनको लागि कान्तिपुरसँगको सहकार्यमा यस बैंक समेतको साझेदारीमा ‘कान्तिपुर कोभिड–१९ रोकथाम कोष’को स्थापना गरिएको छ । उक्त कोषमा सिद्धार्थ बैंकले १५ लाख रुपैयाँको आर्थिक सहयोग प्रदान गरेको छ ।

उक्त कोषमा जो सुकै व्यक्ति तथा संस्थाले पनि सहयोग गर्न सक्नु हुनेछ सो को लागि यस बैंकको खाता नं. ००१०००००००१ मा रकम जम्मा गर्न सकिनेछ । त्यसैगरी यस महामारीको संक्रमणको जोखिम कम गर्नका लागि नोटको सट्टा बैंकका विभिन्न कार्डहरु, मोबाईल बैंकिङ्ग, इन्टरनेट बैंकिंङ्गजस्ता डिजिटल माध्यमबाट भुक्तानी कारोबार गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL