Logo

कोरोना सम्बन्धमा काठमाडौं महानगरको आग्रह, केही समस्या भए सम्पर्क गर्नुहोस (सम्पर्कनम्बर सहित)

कोरोना सम्बन्धमा काठमाडौं महानगरको आग्रह, केही समस्या भए सम्पर्क गर्नुहोस (सम्पर्कनम्बर सहित)



काठमाडौं । काठमाडौं महानगरपालिकाले लकडाउनको समयमा बाहिर ननिस्कन सबैलाई आग्रह गरेको छ । कोभिड १९ (कोरोना भाइरस) को प्राणघातक महामारीबाट नागरिकलाई जोगाउन सरकारले जारी गरेको उक्त निर्देशनलाई पालना गरी सो अवधिभर सम्पूर्ण नगरवासीहरू सुरक्षित र संयमतापूर्वक आ–आफ्नै घरमा बसी महामारी विरुद्धको अभियानलाई सहयोग गरिदिन महानगरले आग्रह गरेको हो ।

विश्वव्यापी महामारीका रूपमा फैलिँदै गइरहेको उक्त भाईरसको संक्रमणलाई नेपालमा फैलिन नदिन सरकारले संक्रामक रोग ऐन २०२० को दफा २ ले दिएको अधिकार प्रयोग गरी सोको रोकथाम र निर्मूल गर्न चैत ११ गते विहान ६ बजेदेखि चैत १८ गते विहान ६ बजेसम्मका लागि लागु हुने गरी दिएको निर्देशन स्वागतयोग्य भएको महानगरले जानकारी दिएको छ ।

महानगरले आफू, आफ्ना प्रिय परिवार र आफ्ना टोल छिमेकलाई समेत कोरोना भाइरसको संक्रमणबाट टाढा राख्न संसारभरि नै अहिले ‘लकडाउन’ नीतिलाई अख्तियार गरिएको भन्दै सर्वसाधारण नागरिकलाई आवश्यक पर्ने औषधी र खाद्यान्नको अभाव हुन नदिई सुलभ तरिकाले बिक्री वितरण गरिदिसमेत सम्बद्ध व्यवसायीहरूलाई आग्रह गरेको छ ।

सम्भावित महामारीका विरुद्ध सचेत र सतर्क भई प्रतिरोध गर्नुपर्ने यस अवस्थामा नगरवासीलाई आइपर्न सक्ने कुनै पनि समस्या र अप्ठ्यारोमा सहयोग गर्न काठमाडौं महानगरपालिकाका सम्पूर्ण जनप्रतिनिधि तथा कर्मचारीहरुलाई सतर्क अवस्थामा रहन नगर प्रमुखले निर्देशन समेत दिईसकेको छ ।

कोरोना संक्रमणको आशंका भएमा तत्काल अस्पतालसम्म लैजाने व्यवस्थाका लागि काठमाडौं महानगरपालिकाको सहयोगमा सञ्चालित नेपाल एम्बुलेन्स सेवा (१०२) लाई जनशक्ति र स्वास्थ्य सामाग्रीसहित तयारी अवस्थामा राखिएको छ । त्यस्तै महानगरले टोल फ्रि नम्बर ११८० लाई २४ सै घण्टा सञ्चालनमा ल्याइएको छ । कोरोना संक्रमणको आशंका भएमा काठमाडौं महानगरपालिकाको टोल फ्रि नम्बर ११८० मा खबर तथा सूचना दिने व्यवस्था समेत मिलाइएको छ ।

लकडाउन अवधिमा कुनै पनि नगरवासीलाई समस्या भए सहयोगका लागि आफ्ना जनप्रतिनिधिहरूलाई सीधा सम्पर्क गर्न समेत महानगरले आग्रह गरेको छ । साथै जुनसुकै बेलामा समेत सहयोग गर्न तयारी अवस्थामा रहेको महानगर प्रमुखबिद्यासुन्दर शाक्यले जानकारी दिएका छन । उनले महानगरबासीलाई आवश्यक सहयोग गर्न संधै तयार रहेको बताउँदै महानगरका प्रमुख, उपप्रमुख तथा सबै जनप्रतिनिधिहरूसँग सम्पर्क गर्न समेत आग्रह गरिएको छ ।

सम्पर्क नम्बर विद्यासुन्दर शाक्य ९८५१२७९९००, हरिप्रभा खड्गी श्रेष्ठ ९८५१२७९८९९
वडा अध्यक्षहरू : भरतलाल श्रेष्ठ ९८५१२७९९०१, राजेन्द्रकुमार श्रेष्ठ ९८५१२७९९०२, दिपक के.सी. ९८५१२७९९०३, मोहन बिष्ट ९८५१२७९९०४, रमेश डंगोल ९८५१२७९९०५, दिपेन्द्र लामा ९८५१२७९९०६, शुद्ध डंगोल ९८५१२७९९०७, दिनेशकुमार डंगोल ९८५१२७९९०८, रामकृष्ण जयखु श्रेष्ठ ९८५१२७९९०९, रामकुमार के.सी. ९८५१२७९९१०, हिरालाल तण्डुकार ९८५१२७९९११, विकास डंगोल ९८५१२७९९१२, ध्रुवनारायण मानन्धर, ९८५१२७९९१३, शोभा सापकोटा ९८५१२७९९१४, इश्वरमान डंगोल ९८५१२७९९१५, मुकुन्द रिजाल ९८५१२७९९१६, नवीन मानन्धर ९८५१२७९९१७, न्हुछेकाजी महर्जन ९८५१२७९९१८, शशिलाल श्रेष्ठ ९८५१२७९९१९, राजेन्द्र मानन्धर, ९८५१२७९९२० उदयचुडामणि वज्राचार्य ९८५१२७९९२१, चिनीकाजी महर्जन ९८५१२७९९२२, मचाराजा महर्जन ९८५१२७९९२३, बालकृष्ण श्रेष्ठ ९८५१२७९९२४, नीलकाजी शाक्य ९८५१२७९९२५, ख्यामराज तिवारी ९८५१२७९९२६, चिनियामान वज्राचार्य ९८५१२७९९२७, भाइराम खड्गी ९८५१२७९९२८, कुश ढकाल ९८५१२७९९२९, दलबहादुर कार्की ९८५१२७९९३०, नारायणप्रसाद भण्डारी ९८५१२७९९३१, नवराज पराजुली ९८५१२७९९३२ रहेका छन ।

कार्यपालिका सदस्यहरू : लक्ष्मी श्रेष्ठ ९८५१२७९९५१, रमिताकमल स्थापित ९८५१२७९९५२, रश्मी खड्का, ९८५१२७९९५३, कान्ता अधिकारी गौतम ९८५१२७९९५४, हिरादेवी पोखरेल ९८५१२७९९५५, पासाङ नूर्वु लामा ९८५१२७९९५६, दिपक गोर्खाली राई ९८५१२७९९५७ प्रेम पोडे पुजारी ९८५१२७९९५८ यी नम्बरहरुमा सम्पर्क गर्न सक्नेछन ।

प्रतिक्रिया दिनुहोस्
MBL