काठमाडौं । औषधि उत्पादक कम्पनि फाइजरले कोरोनाविरुद्धको खोपको सफल परीक्षण गरेको दावी गरेको छ । सोमबार न्यूयोर्क टाइम्समा प्रकाशित एक रिपोर्टका अनुसार उक्त खोपको सुरुवाती परीक्षणमा कोभिड–१९ बाट बचाउन उक्त खोप ९० प्रतिशतसम्म सफल रहेको कम्पनीले जिकिर गरेको छ । जर्मनको औषधि कम्पनी बायोनटेकसँग मिलेर फाइजरले बनाएको उक्त खोपको सुरुवाती परीक्षणपछि गरिएको समीक्षापछि यस्तो निष्कर्ष…