Logo

सिसिएमसीले गर्यो निषेधाज्ञाको समीक्षा, भारतसँगका २२ नाका बन्द गर्न सिफारिश

काठमाडौं । कोरोना रोकथाम तथा नियन्त्रण केन्द्रीय व्यवस्थापन तथा समन्वय केन्द्र (सिसिएमसी) को शुक्रबारको बैठकले भारतसँग सीमा जोडिएका विभिन्न २२ नाका बन्द गर्ने सिफारिश गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा उपप्रधानमन्त्री एवं सिसिएमसीका संयोजक ईश्वर पोखरेलका अध्यक्षतामा सम्पन्न बैठकले दोस्रो लहरको कोभिड–१९ को जोखिम क्रमशः बढ्दो भएकाले थप सचेतनाका उपायबारे सिफारिश गरेको जनाइएको…