Logo

नेपाल बंगलादेश बैंकको विस्तारित सेवा केन्द्र मोरङको लेटाङमा, ग्रामीण भेगसम्म वित्तिय पहुँच पुग्ने

नेपाल बंगलादेश बैंकको विस्तारित सेवा केन्द्र मोरङको लेटाङमा, ग्रामीण भेगसम्म वित्तिय पहुँच पुग्ने



काठमाडौं । नेपाल वंगलादेश वैंकले मोरङ्ग लेटाङ्ग नगरपालिकाको वुधवारे वजारमा आफ्नो आठौं विस्तारित सेवा केन्द्रको औपचारिक शुभारम्भ गरेको छ ।

laxmi

वुधवारे वजार लेटाङ्ग नगरपालिकाको वार्ड नम्वर १, २ र ३ तथा केरावारी गाउँपालीकाको वडा नम्वर ९ का लागि केन्द्रको रुपमा स्थापित भई वैंकिङ्ग पहुचवाट टाढा रहेको अवस्थामा लेटाङ्ग नगरपालिकाको अनुरोधका साथै ग्रामीण भेगमा वित्तिय पहुँच पुर्याइ हरेक नेपालीको एक वैंक खाता खोल्ने नेपाल सरकारको नितिलाई सघाउ पुरयाउने उद्देश्यका साथ एक औपचारिक कार्यक्रमका विच वैकले आफ्नो सेवा केन्द्र संचालनमा ल्याएको हो । उक्त विस्तारित सेवा केन्द्रको शुभारम्भ प्रदेश नम्वर १, मोरङ्ग ख का प्रदेश सांसद माननीय उपेन्द्र घिमिरले गरेका थिए ।

यस बिस्तारित सेवाबाट यस भेगमा छरिएर रहेको पूँजीलाई एकीकृत गर्न सघाउ पुग्नका साथै विदेशवाट प्राप्त हुने रेमिटान्स सोझै वैंक खातामा जम्मा हुने, चेक क्लियरिङ्ग तथा व्यवसायजन्य कारोवारका लागि लागि अन्यत्र टाढा जान नपर्ने, सामाजिक सुरक्षालगायत नेपाल सरकारवाट वंंैकिङ्ग प्रणालीमार्फत प्राप्तहुने सम्पुर्ण सेवाहरु सजिलै प्राप्त गर्ने, शिक्षक एवं कर्मचारीहरुको तलवि खाता संचालन गर्न सहज हुने लगायतका सेवाहरु सहजै प्राप्त हुने बैंकले जानकारी गराएको छ ।

‘सवैका लागी बैंक’ भन्ने मुल उदेश्य राखि स्थापनाको २७ औ वर्ष पुरा गरेको नेपाल वंगलादेश बैकले आफ्ना ९९ शाखा, ८ एक्सटेन्सन काउन्टर, तथा ८२ वटा एटीएमबाट बैंकिङ्ग सुविधा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL