Logo

फुडमाण्डु र इसेवाबीच सम्झौता, फुडमाण्डुमा इसेवामार्फत भुक्तानी गर्दा तिन सयसम्म छुट

फुडमाण्डु र इसेवाबीच सम्झौता, फुडमाण्डुमा इसेवामार्फत भुक्तानी गर्दा तिन सयसम्म छुट



काठमाडौँ । नेपालको सबैभन्दा पहिलो र ठुलो अनलाइन फुड डेलिभरी प्लेटफर्म फुडमाण्डू र इसेवा बिच सम्झौता भएको छ । यस समझदारी सँगै फुडमाण्डूका प्रयोगकर्ताहरुले मोबाइल वालेट इसेवामार्फत अर्डरमा भुक्तानी गर्न सक्ने भएका छन् ।

एक कार्यक्रमकाबीच फुडमाण्डू र इसेवाबिच भुक्तानी सेवा उपलब्ध गराउने बारेमा सम्झौता भएको हो । सम्झौतासँगै इसेवाका प्रयोगकर्ताहरुलाई थप सुबिधा दिइनेछ भने फुडमाण्डूका प्रयोगकर्ताहरुले थप भुक्तानीको माध्यम उपयोग गर्न सक्ने छन् ।

फुडमाण्डूमा हुने अर्डरहरुमध्ये अनलाइन पेमेन्टमा ग्राहकहरुको रूची बढिरहेको बेलामा इसेवाको उपलब्धताले थप सहज हुने कम्पनीका ब्राण्ड, सेल्स एण्ड मार्केटिङ्ग म्यानेजर श्यामरत्न मालीले बताए । अहिले ३० प्रतिशत भन्दा धेरै अनलाइन पेमेन्ट भईरहेको र ठूलो नेटवर्क भएको इसेवालाई जोड्न पाउँदा त्यसमा अझ वृद्धि हुने अपेक्षा गरिएको मालीले बताए ।

अब ग्राहकहरुलाई सजिलो तरिकाले फुड अर्डर गर्दा भुक्तानी गर्न सकिनेछ । इसेवाको बृहत नेटवर्कमा भएका ग्राहकहरुले सजिलै फुडमाण्डूबाट खानेकुरा अर्डर गर्न सक्नेछन्, ब्राण्ड, सेल्स एण्ड मार्केटिङ्ग म्यानेजर मालीले बताए। उक्त सहकार्यले डिजिटल नेपालको अभियानलाई सहयोग गर्ने र ग्राहकहरुलाई सजिलो हुने अपेक्षा गरिएको बताएको छ । 

इसेवाका बिजिनेस डिभेलपमेन्ट हेड, अशिष प्रशाईले डिजिटल भुक्तानीको बढ्दो प्रयोगले सेवाग्राहीहरुलाई घरबाटै भुक्तानी गर्न सहज हुने अपेक्षा गरका छन् । कोरोना भाइरसको महामारीमा मानिसहरुले घरबाटै विभिन्न अर्डरहरुको भुक्तानी गर्ने प्रचलन बढिरहेको सन्दर्भमा ठूलो नेटवर्क भएको फुडमाण्डुसँग ठूलो भुक्तानी नेटवर्कभएको इसेवा जोडिन पाउँदा खुशी भएको बताएका छन् ।

यसले डिजिटल अभियानलाई सहयोग पुर्याउनेछ । यस अवसर पारेर फुडमाण्डूले इसेवाबाट भुक्तानी गर्ने ग्राहकहरुलाई पहिलो अर्डरमा २० प्रतिशत वा  तिन सय सम्मको छुट दिने घोषणा गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL