काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले कर्णालीको विकास विना समग्र राष्ट्रको गरिवी अन्त्य नहुने बताएका छन् । कर्णाली प्रदेश आर्थिक मामिला तथा योजना मन्त्रालयले बिहीबार काठमाडौंमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले बहुआयामिक गरिबीको दर सबभन्दा धेरै रहेको कर्णाली प्रदेशको विकास विना समग्र राष्ट्रको गरिबी अन्त्य नहुने भएकोले त्यसतर्फ लगानी बढाउन बैंक तथा वित्तीय संस्थाहरुलाई आग्रह…