Logo

काठमाडौँ र पोखराबाट जुवातास खेलिरहेका १४ जना पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका-३ सामाखुसी रानीबारी बस्ने ५८ वर्षीय डम्बर लामाले आफ्नै घरमा संचालन गरेको खुसी किचेन रेष्टुरेन्टमा जुवातास खेलिरहेको अवस्थामा होटल संचालक डम्बर समेत ९ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६२ हजार ८ सय रूपैयाँ र तास ३ बुक सहित पक्राउ गरेको हो ।…