Logo

पेलेरै संसद् चलाउने सत्तापक्षको तयारी, विपक्षीहरूले निहुँ खोजेको कांग्रेसको आरोप

पेलेरै संसद् चलाउने सत्तापक्षको तयारी, विपक्षीहरूले निहुँ खोजेको कांग्रेसको आरोप



काठमाडौं । सत्तापक्षले सदनको अवरोध खुलाउन विपक्षी सहमत नभए पेलेरै अघि बढ्ने निश्कर्ष निकालेको छ। सभामुख देवराज घिमिरेसँगको छलफलमा सत्तापक्ष र प्रतिपक्षी दलका नेताहरुबीच सहमति हुन नसकेपछि सत्तापक्षले यस्तो चेतावनी दिएको हो ।

विपक्षीहरु सदन चलाउने कुरामा गम्भीर हुनुपर्ने कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेको भनाई छ । तर, विपक्षीहरुले सहयोग नगरे आजबाट सदन पेलेरै चलाईने उनको चेतावनी छ ।

उनले भने,‘आजदेखि कार्यसूचिमा संसद् प्रवेश गर्छ । धेरै दिन अल्झिरहेको छ । अपोजिशिनबाट निहुँ खोज्ने काम भएको छ । सदन आजबाट सञ्चालनमा ल्याउने हो । उहाँहरुले सहयोग गरेर राम्रो ढंगले सुचारु हुन्छ, सहयोग नगरे केही व्यवधान आउला तर सदन सुचारु हुन्छ ।’

प्रतिक्रिया दिनुहोस्