Logo

साताको पहिलो कारोबार दिन दोहोरो अंकले घटेर बन्द भयो बजार, कारोबार ९ अर्ब माथि

साताको पहिलो कारोबार दिन दोहोरो अंकले घटेर बन्द भयो बजार, कारोबार ९ अर्ब माथि



काठमाडौं । साताको पहिलो कारोबार दिन ‘आईतबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक दोहोरो अंकले घटेर बन्द भएको छ । कारोबार समयको सुरुवातदेखि उत्तारचढाव भईरहेको नेप्से अन्तिम समयमा ११.०६ अंकले घट्दै २६ सय २९ को विन्दुमा पुगेर बन्द भएको हो । आज कुल ३ सय १३ कम्पनीका १ करोड ९९ लाख ९२ हजार बढी कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ९ अर्ब १३ करोड ७४ लाख माथि पुगेको छ ।

आज कारोबारमा आएकामध्ये १ सय ६२ कमपनीको सेयरमुल्यमा गिरावट आउँदा ८६ कम्पनीको सेयरमूल्यमा वृद्धि देखिएको छ । आज सेयरमुल्य बढेकामध्ये २ कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । आज कारोबारमा आएकामध्ये होटल तथा पर्यटन र जलविद्युतबाहेकका सबै समुहको परिसुचक ओरालो लागेको छ ।

प्रतिक्रिया दिनुहोस्