काठमाडौं । महानगरपालिकामा प्रमुख पदका स्वतन्त्र उम्मेदवारको अग्रता कायमै रहेको छ । पछिल्लो मतपरिणामअनुसार प्रमुख पदका स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले पाँच हजार ६९२ मत प्राप्त गरी आफ्नो अग्रता कायम राखेका छन् । नेकपा (एमाले) का केशव स्थापितले दुई हजार ९९२ र नेपाली कांग्रेसका सिर्जना सिंहले दुई हजार ६९२ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको…