Logo

निक्षेप कर्जा सुरक्षण कोष र नेपाल क्रेडिट एण्ड कमर्स बैँकबीच कर्जा सुरक्षण गर्ने सम्झौतापत्रमा हस्ताक्षर

निक्षेप कर्जा सुरक्षण कोष र नेपाल क्रेडिट एण्ड कमर्स बैँकबीच कर्जा सुरक्षण गर्ने सम्झौतापत्रमा हस्ताक्षर



काठमाडौं । निक्षेप कर्जा सुरक्षण कोष र नेपाल क्रेडिट एण्ड कमर्स बैंकबीच एक समझदारीपत्रमा हस्ताक्षर भएको छ । बिहीबार दुई पक्षबीच साना तथा मझौला उद्यम कर्जा र कृषि कर्जा सुरक्षण गर्ने सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

laxmi

सो सम्झौतापत्रमा कोषको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरे र बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश राज अर्यालले हस्ताक्षर गरे । कार्यक्रममा कोषका नायव प्रमुख कार्यकारी अधिकृत तथा विभागीय प्रमुखहरु र नेपाल क्रेडिट एण्ड कमर्स बैंकका महाप्रबन्धक एवं प्रबन्धकहरूको उपस्थिति रहेको थियो।

यस सम्झौतापत्रमा हस्ताक्षर भए सँगै नेपाल क्रेडिट एण्ड कमर्स बैंकले साना तथा मझौला उद्यम कर्जा र कृषि कर्जा अन्र्तगत प्रवाह गरेको १ करोड सम्मको लगानी कोषमा सुरक्षित हुनेछ । यस्तै कोषको पूर्व स्वीकृतिमा १ करोड माथि ३ करोड सम्मको कर्जा समेत कोषले सुरक्षित गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL