Logo

पिपुल्स पावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन, कार्यालय समयभित्र भरिसक्नुपर्ने

पिपुल्स पावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन, कार्यालय समयभित्र भरिसक्नुपर्ने



काठमाडौं । साउन ३१ गतेदेखि सार्वजनिक निष्कासनमा आएको पिपुल्स पावर लिमिटेडको आईपीओ खरीद गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि आईपीओ जारी पश्चात् सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको हो ।

laxmi

सर्वसाधारणमा कम्पनीले प्रतिकित्ता रू. १०० अंकित मूल्यका २४ लाख ६७ हजार ४०० कित्ता शेयर वितरण गर्न लागेको हो । कुल कित्तामध्ये २ प्रतिशत अर्थात ४९ हजार ३४८ कित्ता शेयर कम्पनीका कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात १ लाख २३ हजार ३७० कित्ता शेयर सामूहिक लगानी कोषहरुमा बाँडफाँट गरि सकिएको छ । यी वाहेक बाँकी २२ लाख ९४ हजार ६८२ कित्ता शेयर भने सार्वजनिक निष्कासनमा आएको हो ।

सर्वसाधारण लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म माग गदै उल्लेखित शेयर खरिदका लागि आवेदन दिन सक्नेछन् । आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्ने केयर एनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ । खरिदकर्ताहरूले विक्री प्रबन्धकसँगै नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । साथै मेरो शेयर वेवसाइट र एपमार्फत पनि आवेदन दिन सकिने व्यवस्था छ ।

यस कम्पनीले ईलाम जिल्लामा ४ दशमलव ९६ मेगावाट क्षमताको पुवा २ जलविद्युत आयोजना निर्माण गरिरहेको छ । यस आयोजनाको निर्माण लागत ९५ करोड ६ लाख ६९ हजार हुने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL