काठमाडौं । बिहीबार बिहानदेखि सेवा अवरुद्ध भएपछि एनसेलले माफी मागेको छ । एनसेलले एक सूचना जारी गर्दै माफि मागेको हो । सडक विस्तारका क्रममा बुटवल–बर्दघाट र दमौली–आँबुखैरेनी जोड्ने अप्टिकल फाइबर काटिएका कारण एनसेल आजियाटा लिमिटेडले दिँदै आएको सेवा अवरुद्ध भएको हो । एनसेलले कम्पनीका सम्बन्धित् मर्मतसम्भार टोलीहरू फिल्डमा खटाइसकेकाले चाँडै सेवा सुचारु गर्ने प्रयास भइरहेको…