Logo

सीएनआईको वरिष्ठ उपाध्यक्षमा राजेशकुमार अग्रवाल चयन, अब स्वतः अध्यक्ष बन्ने

सीएनआईको वरिष्ठ उपाध्यक्षमा राजेशकुमार अग्रवाल चयन, अब स्वतः अध्यक्ष बन्ने



काठमाडौं । नेपाल उद्योग परिसंघ (सीएनआई) को वरिष्ठ उपाध्यक्षमा राजेशकुमार अग्रवाल चयन भएका छन । सीएनआईको गभर्निङ काउन्सिल बैठकले अग्रवाललाई वरिष्ठ उपाध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।

सीएनआईयमा नयाँ अध्यक्ष चयन भएको १ वर्षमा वरिष्ठ उपाध्यक्ष चयन गर्ने चलन रहेपनि हालसम्म त्यतिकै रोकिएको थियो । तर, नयाँ अध्यक्ष आउन केही महिनामात्रै बाँकी रहँदा अग्रवालाई वरिष्ठ उपाध्यक्षमा चयन गरेको हो ।

सीएनआईमा वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष हुने व्यवस्था छ । जस अनुसार हालका अध्यक्ष विष्णुकुमार अग्रवाल पछि राजेश अग्रवाल स्वतः सीएनआईको अध्यक्ष हुनेछन् । विष्णु अग्रवालको दुई वर्षे कार्यकाल आगामी साउनका सकिँदै छ । उनीपछि राजेश अग्रवालले सीएनआईको कमाण्ड सम्हाल्नेछन् ।

आरएमसी ग्रूपका कार्यकारी निर्देशक अग्रवालको सिमेन्ट, डन्डी, फलाम, खाद्यान्न, बैंक, बीमालगायतका क्षेत्रमा लगानी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL