काठमाडौं । पाकिस्तानका पूर्व सैनिक जनरल तथा राष्ट्रपति परवेज मुशर्रफको निधन भएको सेनाले आइतबार जानकारी गराएको छ । उनी ७९ बर्षका थिए । पाकिस्तानका पूर्व राष्ट्रपति मुशर्रफको आइतबार संयुक्त अरब इमिरेट्स (युएई)को दुबईस्थित अमेरिकी अस्पतालमा निधन भएको हो । सेनाका वरिष्ठ प्रमुखहरूले जनरल मुशर्रफको दुःखद निधनप्रति हार्दिक समवेदना व्यक्त गरेको सेनाको सञ्चार शाखाले जारी गरेको…