Logo

महासंघ कोषाध्यक्षमा निरक केसी र प्रवलजंग पाण्डेबीच प्रतिस्पर्धा, यस्तो छ भोटको अंकगणित

महासंघ कोषाध्यक्षमा निरक केसी र प्रवलजंग पाण्डेबीच प्रतिस्पर्धा, यस्तो छ भोटको अंकगणित



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कोषाध्यक्षको निर्वाचनमा द्धिपक्षीय प्रतिस्पर्धा हुने भएको छ । महासंघको ५७ औं वार्षिक साधारणसधाबाट निर्वाचित कार्यसमितिको पदस्थापनसँगै आज (आईतबार) कोषाध्यक्ष समेत चयन गर्ने भएको छ ।

laxmi

महासंघको विधानत नवनिर्वाचित कार्यसमिति बैंठकले कोषाध्यक्ष चयन गर्दछ । जसमा अध्यक्ष चन्द्रप्रसाद ढकाल, वरिष्ठ उपाध्यक्षका प्रत्याशी द्वय उमेशलाल श्रेष्ठ र रामचन्द्र संघईको तर्फबाट निरक केसी र अञ्जन श्रेष्ठ समुहबाट प्रवलजंग पाण्डे कोषाध्यषमा भिड्दैछन् । प्रवलजंग पाण्डेलाई महासंघ पूर्व अध्यक्ष भवानी राणाको पनि साथ रहेको छ । उनले धेरैजसो केन्द्रिय सदस्यलाई आफैले फोन गरेर प्रवलजंग पाण्डेको पक्षमा भोट मागिरहेकी छिन् ।

कोषाध्यक्षका लागि अध्यक्ष सहित पदाधिकारी, प्रदेश अध्यक्ष, विभिन्न क्षेत्रबाट केन्द्रिय सदस्य, र मनोनित सहित ७६ जनाले कोषाध्यक्षका लागि मतदान गर्नेछन् । केसीलाई अध्यक्ष चन्द्रप्रसाद ढकाल, वरिष्ठ उपाध्यक्षका प्रत्याशी द्वय उमेशलाल श्रेष्ठ र रामचन्द्र संघईको समेत समर्थन हुँदा ४ पदाधिकारी जिल्ला नगरको १३ केन्द्रिय सदस्य, कम्तीमा ५ जना प्रदेश अध्यक्ष, कम्तीमा ३ प्रदेश सदस्य, एसोसिएट्सको १५, वस्तुगततर्फ ८, मनोनितबाट आउने कम्तीमा ४ जना सदस्य तथा द्धिराष्ट्रियतर्फको केन्द्रिय सदस्यको समर्थत रहने छ । तर एसोसिएट्स र जिल्लातर्फबाट उमेश र संघई समुहबाट निर्वाचित केही सदस्यको मत भने क्रस हुने सम्भावना रहेको सम्बद्ध स्रोतको भनाई रहेको छ ।

निरक केसीलाई अध्यक्ष ढकालको समर्थन हुँदा उमेश समुहबाट कम्तीमा ४३ जना पदाधिकारी तथा केन्द्रिय सदस्य रहनेछन् भने संघई समुहबाट उपाध्यक्ष र सदस्यगरी १०, र अञ्जन तथा भवानी समुहबाट पदाधिकारी र सदस्यगरी २३ जना मतदाता रहनेछन् । तर जति नै भोट क्रस भएपछि अध्यक्ष ढकाल, वरिष्ठ उपाध्यक्षका प्रत्याशी द्वय श्रेष्ठ र संघईको समर्थन हुँदा निरक केसीले जित्ने निश्चित रहेको उक्त स्रोतको दावी छ ।

भर्खरै सम्पन्न निर्वाचित सदस्यको आधारमा अध्यक्ष ढकाल, वरिष्ठ उपाध्यक्षका प्रत्याशी द्वय श्रेष्ठ र संघईको समेत समर्थन हुँदा केसीको पक्षमा पल्लाभारी हुने हुँदा निर्वाचनमै नगई सर्वसम्मतीको प्रयास समेत भैरहेको उक्त स्रोतको दावी छ । हाल कोषाध्यक्षमा निरक केसी र प्रवलजंग पाण्डे सहित सन्दिप गाडिया र गोपाल खनालको नाम पनि आएको छ । सन्दिप गाडिया र गोपाल खनालले निरक केसीलाई समर्थन गरेर अघि बढ्ने सहमति भएको उक्त स्रोतको दावी छ । तर मारवाडी समुदाय भने गोपाल खनाललाई अघि बढाउने पक्षमा देखिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL