काठमाडौं । हालै सार्वजनिक गरिएको एक तथ्यांकअनुसार नेपालमा घ्युफल भनिने एभोकाडोको प्रसिद्धि विश्वबजारमा फैँलदो छ । तर, विश्वबजारमा एभोकाडोको व्यापारमा भने ल्याटिन अमेरिकाले एकछत्र राज जमाएको छ । अहिले एभोकाडोको सबैभन्दा ठूलो निर्यातकर्ता ल्याटिन अमेरिका बनेको छ । अझ खासगरी विश्वभर फैलिएको कोरोना महामारीपश्चात सर्वसाधारणमा बढेको स्वास्थ्य सचेतनाका कारण पनि एभोकाडोको व्यापारमा वृद्धि भइरहेको छ…