Logo

आइएमई र प्रुडेन्सियललाई एकीकृत कारोबार गर्न अन्तिम स्वीकृति, एक महिनाभित्र एकीकृत कारोबार गर्ने

आइएमई र प्रुडेन्सियललाई एकीकृत कारोबार गर्न अन्तिम स्वीकृति, एक महिनाभित्र एकीकृत कारोबार गर्ने



काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइएमई जनरल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्सलाई एकीकृत कारोबार गर्न अन्तिम स्वीकृति प्रदान गरेको छ । गत माघ २७ गते मर्जरका लागि प्रारम्भिक सम्झौता गरेका यी दुई कम्पनीलाई एकीकृत कारोबार सुरु गर्न प्राधिकरणले आइतवार स्वीकृति प्रदान गरेको हो ।

laxmi

आगामी वैशाखको अन्तिम सातादेखि एकिकृत कारोबार सुरु गर्ने योजना कम्पनीले बनाएको छ । एकीकृत कारोबारका लागि कम्पनी रजिष्ट्रारको कार्यालय र नेपाल धितोपत्र बोर्डबाट पनि स्वीकृति दिनुपर्ने हुन्छ । यी दुई कम्पनी १ः१ सेयर स्वाप रेसियोमा मर्जरमा जान लागेका हुन ।

कम्पनीहरूले नियामक निकायबाट स्वीकृति पाएको एक महिनाभित्र एकीकृत कारोबार गरिसक्नुपर्ने व्यवस्था बमोजिम आगामी वैशाख २७ गतेसम्म एकीकृत कारोबार गर्ने तयारी गरेको छ । एकीकृत कारोबारपछि बन्ने आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडको चुक्तापुँजी ३ अर्ब २ करोड ९३ लाख ३३ हजार पुग्नेछ ।

नयाँ निर्जीवन बीमा कम्पनीको रूपमा सञ्चालित आइएमई जनरल इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब ८० करोड ३७ लाख ५० हजार रहेको छ । आइएमई जनरल इन्स्योरेन्सले गत वर्षको मुनाफबाट यस वर्ष ६ प्रतिशत बोनस सेयर वितरण गरी पुँजी बढाएको हो ।

प्रुडेन्सियल इन्स्योरेन्सको चुक्तापुँजी १ अर्ब १८ करोड ६१ लाख ४४ हजार रहेको छ । प्रुडेन्सियल इन्स्योरेन्सले हाल कायम चुक्तापुँजीको आधारमा ३ दशमलव ३२ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव चैत १६ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित गरेको छ । बोनसपछि प्रुडेन्सियलको चुक्ता पुँजी १ अर्ब २२ करोड ५५ लाख ८३ हजार पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL