काठमाडौं । गृह मन्त्रालयले बुधबार साँझ निजी नम्बर प्लेटका सवारीसाधनमा भाडाका यात्रु बोक्न नदिनु भन्दै सबै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गर्याे । पछिल्लो समय विशेषगरी शहरी क्षेत्रहरुमा निजी सवारीसाधनहरुले विभिन्न बहानामा भाडाका यात्रुहरु बोकेको भन्दै पहिल्यैदेखि सार्वजनिक यातायात व्यवसायीहरु रुष्ट छन् । सार्वजनिक सवारीसाधनमा चढनुपर्ने बाध्यता भएका धेरैजसो यात्रुहरुले राइड सेयरिङ कम्पनीहरुमार्फत संचालन हुने निजी…