Logo

Global_Ime

नेपाली बजारमा बिक्री सुरु भयो स्वदेशी टायल, भारतीय टायलभन्दा सस्तो

नेपाली बजारमा बिक्री सुरु भयो स्वदेशी टायल, भारतीय टायलभन्दा सस्तो



काठमाडौं । अब नेपालमा स्वदेशी उत्पादनकै टायल प्रयोग गर्न पाईने भएको छ । आजैदेखि बजारमा बिक्री वितरण गर्नेगरी प्राइम सेरामिक्स् प्रालिले नयाँ टायल बजारमा ल्याएको हो ।

Laxmi_sunrise

रौतहटको बृन्दावन नगरपालिका–६ मा १० विघा क्षेत्रफलमा कारखाना स्थापना गरेर टायल उत्पादन गरिरहेको कम्पनीले नेपाली बजारमा विभिन्न डिजाईनका टायल सार्वजनिक गरेको हो ।

इटालियन प्रविधिबाट पूर्णरुपमा स्वचालित उद्योगबाट टायल उत्पादन हुने दाबी कम्पनीका अध्यक्ष आशिष गर्ग बताउँछन् ।
‘हाल वार्षिक १५ अर्ब रुपैयाँ बराबरको टायल नेपालमा आयात हुने गरेको छ,’ उनले भने, ‘ढुवानी खर्च, भन्सार दर र अन्य अतिरिक्त खर्चका कारण भारतीय टायल महँगो हुने गरेको छ, त्यसैलाई मध्येनजर गरेर हामिले सुपथ मूल्यमै नेपालमै टायल उत्पादन सुरु गरेका हौं ।’

नयाँ उद्योगबाट उत्पादित टायलले कुल खपतको लगभग एक चौथाइ माग पूरा गर्ने कम्पनीले जानकारी दिएको छ ।
उद्योगले आयात प्रतिस्थापन गर्ने, विदेशी मुद्रा बाहिरिनबाट रोक्ने, रोजगारीको सृजना गर्ने तथा स्वदेशी माटो र अन्य कच्चा पदार्थको प्रयोग गरी आयातित टायलभन्दा १५–२० प्रतिशत सस्तो मूल्यमा टायल उपलब्ध गराउने दाबी गरिएको छ।

कम्पनीले टायल उतपादनमा आवश्यक ५० प्रतिशत स्वदेशी कच्चा पदार्थ उपयोग गरिरहेको बताएको छ । जसका कारण उपभोक्ताले खोजेको केहिदिनमै आवश्यक डिजाईन अनुसार १ दिनमै टायल उपलब्ध हुने बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्
Sagarmatha_cement
MBL