काठमाडौं । गत आर्थिक बर्ष २०७९/८० मा नेपालको बार्षिक मूल्यवृद्धिदर ७.७४ प्रतिशत पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको गत आर्थिक बर्षको बार्षिक प्रतिवेदन अनुसार असार मसान्तसम्म नेपालको मुद्रास्फीति ७.७४ प्रतिशत पुगेको हो । यो अघिल्लो आर्थिक बर्षको सोही अवधिको तुलनामा १.४२ प्रतिशतले बढी हो । यसअघि अघिल्लो आर्थिक बर्षमा यस्तो मुद्रास्फीति ६.३२ प्रतिशत…