Logo

रेमिट्यान्स आप्रवाह २१ प्रतिशतले बढ्यो, गत बर्ष भित्रियो १२ खर्ब २० अर्ब

रेमिट्यान्स आप्रवाह २१ प्रतिशतले बढ्यो, गत बर्ष भित्रियो १२ खर्ब २० अर्ब



काठमाडौं । गत आर्थिक वर्षमा रेमिट्यान्स आप्रवाह १२ खर्ब २० अर्बभन्दा माथि पुगेको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको गत आर्थिक वर्षको बार्षिक तथ्यांकअनुसार रेमिट्यान्स आप्रवाह आर्थिक वर्ष २०७८–७९ मा भन्दा २१.२ प्रतिशतले बढेर १२ खर्ब २० अर्ब ५६ करोड रुपैयाँ पुगेको हो ।

laxmi

राष्ट्र बैंकका अनुसार अघिल्लो वर्ष रेमिट्यान्स ४.८ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह १२.१ प्रतिशतले बढेर ९ अर्ब ३३ करोड पुगेको छ ।

अघिल्लो वर्ष २.२ प्रतिशतले बढेको थियो । समीक्षा वर्षमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ४०।३ प्रतिशतले वृद्धि भई ४ लाख ९७ हजार ७०४ पुगेको छ । अघिल्लो वर्ष यस्तो संख्या ३ सय ९२ प्रतिशतले बढेको थियो ।

त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा वर्षमा १.८ प्रतिशतले कमी आई २ लाख ७७ हजार २७२ पुगेको छ । अघिल्लो वर्ष यस्तो संख्या १९८.५ प्रतिशतले बढेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL