काठमाडौं । अर्घाखाँची सिमेन्टले २ हेक्टर जमिनमा बृक्षारोपण गरेको छ । कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत बृक्षरोपाण गरेको हो । कम्पनीले अर्घाखाँची जिल्लाको खाँचीकोट गाविसमा बृक्षारोपण गरेको हो । सो स्थानमा विभिन्न जातजातिका १ हजार विरुवा रोपेको कम्पनीले जानकारी दिएको छ । आफ्नो उद्योग, व्यवसायलाई समाजसँग एक आपसमा जोड्न विभिन्न सामाजिक क्रियाकलापहरु गर्दै आएकोमा…