Logo

सवा अर्बमा बन्ने भयो तिनकुने शान्ति मण्डला, यस्तो बन्दैछ हेर्नुहोस तस्विरमा

सवा अर्बमा बन्ने भयो तिनकुने शान्ति मण्डला, यस्तो बन्दैछ हेर्नुहोस तस्विरमा


रक्षा रेग्मी
108
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले तिनकुनेमा बनाउन लागेको ‘तिनकुने शान्ति मण्डला’ निर्माण लागत सवा अर्ब रुपैयाँ पुग्ने भएको छ । आइतवार सो मण्डलाको डिजाइन सम्बन्धी काम पाएको आर्किटेक्ट डिजाइन एसोसिएट्स उक्त लागत खर्च सहित महानगरपालिकालाई रिपोर्ट बुझाएको हो । सो रिपोर्ट बुझेसँगै महानगरपालिकाका कार्यकारी निर्देशक रुद्रसिंह तामाङले विस्तृत अध्ययनका लागि सोही कम्पनीलाई निर्देशन समेत दिएका छन् ।

tinkine-park

 

आर्किटेक्टले विस्तृत अध्ययन रिपोर्ट बुझाएपछि मण्डला निर्माणको प्रक्रिया शुरु गरिने महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले जानकारी दिए । उनका अनुसार सो मण्डला निर्माणका लागि १ अर्व २३ करोड रुपैयाँ लाग्ने आंकलन गरिएको छ । सो रकम चीनको छेन्दु नगरपालिकाबाट लिने तयारी गरेको उनले जानकारी दिए । ‘छेन्दु नगरपालिका मेयरले काठमाडौं महानगरलाई सहयोग गर्ने भनेका छन्,’ उनले भने ‘हामीले मण्डला निर्माणमा सहयोग गर्न आग्रह गर्ने तयारी गरेका छौं ।’ साउनमा हुने महानगरको चीनको छेन्दु भ्रमणका क्रममा आग्रह गरिने समेन उनले जानकारी दिए ।

shanti-mandala-tinkune

 

महानगरपालिकाले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने उद्देश्यका साथ बुद्धको विशाल मूर्तिसहितको मण्डला निर्माण गर्न लागेको कार्कीले जानकारी दिए । सो संरचना तिनकुनेको ५० रोपनी जग्गामा तयार गर्न लागिएको हो । तिनकुने शान्ति मण्डला आगामी ५ बर्षभित्र बनाइसक्ने योजना अनुरुप प्रक्रिया शुरु गरिएको छ । ‘मन्त्रालयले प्रस्ताव स्वीकृत गरेलगत्तै अत्याधुनिक मण्डला निर्माण कार्य शुरु गर्ने छौं,’ उनले भने ।

water fountain

सो मण्डल निर्माणको प्रस्ताव संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले प्रस्ताव स्वीकृत गर्नुपर्छ । तिनकुनेमा बन्ने भनिएको सो मण्डला संसारकै आकर्षक स्थल बन्ने विश्वास महानगरको छ ।

शन्ति मण्डला तिनकुनेको ट्राफिक आइल्याण्ड साइडको खाली जग्गामा बन्ने भएको हो । जुन काठमाडौं, ललितपुर र भक्तपरको मध्य भागमा पर्छ । सो शान्ति मण्डलाको मूख्य आकर्षण बुद्धको विशाल मूर्ति हुनेछ । जुन १६ मिटर उचाइको बन्ने छ ।

shanti-mandala-parking-kathmandu

 

डिजाइन गर्ने कम्पनी आर्किटेक्ट डिजाइन एसोसिएट्सका प्रवन्ध निर्देशक सचिन महर्जनका अनुसार संरचनाको बीच भागमा १ सय ८ मिटर लम्बाइ र ५४ फिट अग्लो ‘डोम’ निर्माण हुनेछ । डोम ३ तलाको हुनेछ । सो डोमको सबैभन्दा तल्लो तला मल्टिस्टोरी पार्किङका लागि प्रयोग गरिने छ । पार्किङमा एकैपटकमा ३ सय कार र २ सय ५० मोटरसाइकल पार्क गर्न सकिनेछ ।

shanti-mandala-higest-buddha

डोमको दोस्रो तलामा अत्याधुनिक ‘क्युरेटर सप’ निर्माण गरिने महर्जनले जानकारी दिए । क्युरेटर सपमा पर्यटकहरुले आफुले चाहे अनुसारको सामग्री खरिद गर्न सक्नेछन् । त्यस्तै माथिल्लो तलामा ध्यान गर्नका लागि ‘मेडिटेसन’ हल निर्माण गरिनेछ । जहाँ एकपटकमा ३ सय जनाले ध्यान गर्न सक्नेछन् । मूर्तिको अनुहार भने बानेश्वरतर्फ फर्काइने भएको छ । त्यस्तै मण्डला भित्र प्रवेशका लागि ३ ओटा गेटको व्यवस्था गरिने छ । सवारी प्रवेशका लागि छुट्टै भने एउटा गेट बनाइने छ ।

tinkune-buddha

संरचनाको तीनवटै कोणमा २४ सै घन्टा पानी आउने फाउन्टेन समेत निर्माणको योजना छ । फाउन्टेन र रंगीन तथा आकर्षक विरुवाले सवारी साधनबाट आएको ध्वनि रोक्ने र भित्री संरचना शान्त र सुन्दर देखिने बताइएको छ ।

त्यस्तै मण्डलामा शंख र चक्र पनि निर्माण गरिने छ । पर्यटकले गेट भित्र छिर्ने वित्तिकै बुद्धको मुर्ती अगाडी पुग्नेछन् । जसले पर्यटकको मनलाई शान्त बनाउने मर्हजनको दावी छ । त्यस्तै पार्क घुम्न मूर्तीलाई परिक्रम गर्नुपर्ने हुन्छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL