काठमाडौं । दशैंको लागि बुधबारदेखि सर्वसाधारणले नयाँ नोट साट्न पाउने भएका छन् । राष्ट्र बैंकमा प्रतिव्यक्ति २७ हजार रुपैयाँसम्म साट्न सक्नेछन् । त्यस्तै यसपटकबाट सरकारी बैंकबाट समेत नयाँ नोट साट्ने व्यवस्था मिलाइएको छ । सरकारी बैंकमा नोट साट्न जाँदा भने प्रतिव्यक्ति २० हजार रुपैयाँ मात्र नयाँ नोट साट्न पाइने राष्ट्र बैंकले जानकारी दिएको छ ।…