Logo

भरतपुर महानगरपालिकाको लागि ३ अर्ब बजेट प्रस्ताव

भरतपुर महानगरपालिकाको लागि ३ अर्ब बजेट प्रस्ताव


बिजखबर संवाददाता
27
Shares

चितवन । भरतपुर महानगरपालिकाको प्रथम नगरसभा ३ अर्ब रुपैयाँको बजेट प्रस्ताव गर्दै शुक्रबारदेखि शुरु हुने भएको छ ।

नगरसभाको पूर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले उद्घाटन गर्नेछन् । परिषद्ले स्थानीय सरकारको संवैधानिक अवधारणाअनुसार नीति तथा कार्यक्रम र कानून निर्माण गर्ने नगर प्रमुख रेनु दाहालका प्रेस सल्लाहकार सुरेशचन्द्र अधिकारीले जानकारी दिए ।

बजेटले पूर्वाधार विकासलाई प्रमुख प्राथमिकतामा राखेको उनको भनाइ छ । ‘महानगरभित्र सडक कालोपत्रलाई अभियानका रुपमा सञ्चालन गरिनेछ,” उनले भने ।

शहरी विकास मन्त्रालयमार्फत प्राप्त रु तीन अर्बको बजेटबाट राप्ती र नारायणी नदीमा तटबन्ध गरी वन्यजन्तु बस्ती पस्न नदिन पर्खालसहितको मेसजाली निर्माण गर्नका लागि नगरसभामा प्रस्ताव पेश गरिने अधिकारीले जानकारी दिए ।

‘केन्द्र र प्रदेशसँग सहकार्य गरी महानगरीय रिङ्रोड र लिङ्क रोड यसैवर्षबाट शुरु गरिनेछ’ उनले भने । नगरसभामा सिटी हल, बन्दै गरेको राष्ट्रियस्तरको रंगशालाको निर्माण कार्यलाई अगाडि बढाउने, नारायणी नदीमा तीन ठाउँमा पुल निर्माण गर्ने, नारायणगढको लायन्सचोकमा भूमिगत पार्किङसहितको व्यावसायिक भवन निर्माण गर्नेलगायतका महत्वपूर्ण योजना प्रस्ताव गरिँदैछ । रासस

प्रतिक्रिया दिनुहोस्
MBL