काठमाडौं । सरकारले चालू आर्थिक वर्षको ५ महिनामा २७ प्रतिशत मात्र बजेट खर्च गरेको छ । सो अबधिमा सरकारले कुल ३ खर्ब ४० अर्ब १९ करोड रुपैयाँ खर्च गरेको हो । अर्थ मन्त्रालयका प्रवक्ता अर्जुनप्रसाद पोखरेलका अनुसार सो अबधिमा चालू खर्च दुई खर्ब ९२ अर्ब ७८ करोड रुपैयाँ अर्थात् ३६ दशमलव ४४ प्रतिशत खर्च भएको…