काठमाडौं । काठमाडौं महानगरपालिकाले घरबहाल कर घटाएको छ । महानगरले यसअघि घरबहाल करबापत बार्षिक १२ प्रतिशतका दरले लिँदै आएकोमा त्यसलाई परिमार्जन गर्दै १० प्रतिशतमा झारेको हो । यसैगरि महानगरले न्युन आय भएका र आम्दानीका अन्य स्रोत नभएका घरधनीलाई घरबहाल करमा समेत छुट दिएको छ । सो ब्यवस्था अनुरुप बार्षिक १ लाख रुपैयाँभन्दा तल घरभाडा उठाउने…