काठमाडौं । उदयपुरको बेलका नगरपालिकाले वार्षिक ५० हजार आन्तरिक पर्यटक भित्र्याउन प्याराग्लाइडिङ उडान गर्ने भएको छ । नगरपालिकाको बृहत् पर्यटन विकासलाई अगाडि बढाएर आर्थिक समृद्धि हासिल गर्न र सो क्षेत्रमा ५० हजारभन्दा बढी पर्यटक भित्र्याउन प्याराग्लाइडिङ उडान सञ्चालन गर्ने लागेको हो । समुद्री सतहबाट २ हजार मिटरको उचाइमा रहेको बेलकाको मैनामैनीस्थित बोपताङ डाँडा र चम्पाकोट…