Logo

प्याराग्लाइडिङ हव बन्दै उदयपुरको बेलका, वार्षिक ५० हजार पर्यटक भित्र्याउने

प्याराग्लाइडिङ हव बन्दै उदयपुरको बेलका, वार्षिक ५० हजार पर्यटक भित्र्याउने



काठमाडौं । उदयपुरको बेलका नगरपालिकाले वार्षिक ५० हजार आन्तरिक पर्यटक भित्र्याउन प्याराग्लाइडिङ उडान गर्ने भएको छ । नगरपालिकाको बृहत् पर्यटन विकासलाई अगाडि बढाएर आर्थिक समृद्धि हासिल गर्न र सो क्षेत्रमा ५० हजारभन्दा बढी पर्यटक भित्र्याउन प्याराग्लाइडिङ उडान सञ्चालन गर्ने लागेको हो ।

laxmi

समुद्री सतहबाट २ हजार मिटरको उचाइमा रहेको बेलकाको मैनामैनीस्थित बोपताङ डाँडा र चम्पाकोट डाँडाबाट पटक–पटक प्याराग्लाइडिङ उडान परीक्षण गरेर सप्तकोशी बगरसम्म अवतरणको परीक्षण समेत गरिसकेको छ । सो क्षेत्रलाई प्याराग्लाइडिङ ‘हब’ को रूपमा विकास गरेर वार्षिक ५० हजारसम्म पर्यटक भित्र्याउने नगरपालिकाको योजना रहेको छ ।

उडान परीक्षण सफल भए पछि यही कार्तिकदेखिनै व्यावसायिकरूपमा प्याराग्गाइडिङ उडान सञ्चालनमा ल्याउन अहिले अन्तिम तयारी भईरहेको नगपालिकाका प्रमुख दुर्गाकुमार थापाले जानकारी दिएका छन ।

सो क्षेत्रमा प्याराग्गाइडिङ संचालनमा ल्याउनकै लागि २ सय भन्दा बढी युवा तथा पर्यटक उद्यमीले प्याराग्लाइडिङ उडानको तालीम समेत लिइसकेका छन । बेलकाको मैनामैनीको चम्पाकोट र बोप्ताङबाट सप्तकोशीको बगरसम्म उडान गर्नका लागि चाहिने आवश्यक भौतिक पूर्वाधार र निर्माण व्यवस्थापनको कार्य अहिले तिब्र गतिमा भईरहेको थापाले बताए ।

बेलका प्याराग्लाइडिङ संघ, सुनसरी चतरा प्याराग्लाइडिङ, पोखरा प्याराग्लाइडिङ तथा एशियन प्याराग्लाइडिङ समूहको आर्थिक लगानी र बेलका नगरपालिकाको पहलमा प्याराग्लाइडिङ सञ्चालन गर्ने गरी तयारीलाई तिब्र बनाएको नगरपालिकाले जानकारी दिएको छ ।

प्याराग्गाइडिङ र सप्तकोशीमा बोटिङबाट वार्षिक ५० हजारभन्दा बढी पर्यटक भित्रिने नगरपालिकाको अनुमान छ । प्याराग्लाइडिङ उडानका लागि पूर्वाधार तयार गर्न अहिले मैनामैनीको चम्पाकोटसम्म सडक व्यवस्थापन तथा पर्यटकको लागि खाने बस्नेसहितको होटल तथा घरबाससमेतको व्यवस्थापन कार्य भइरहेको छ ।

सो क्षेत्रमा भारतको दार्जिलिङ, विहार, पश्चिम बङ्गाल, भूटान तथा नेपालको एक नम्बर प्रदेशका धेरै पर्यटक यसक्षेत्रमा प्याराग्लाइडिङ उडानका लागि आकर्षित हुने छन ।

प्रतिक्रिया दिनुहोस्
MBL