काठमाडौं । सिटिजन्स इन्टरनेशनल बैंकले जाजरकोटको नलगाड नगरपालिका ७ को त्रिभुवन माध्यमिक विद्यालयलाई आर्थिक सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उतरदायित्व अन्तरगत विद्यालयलाई १ लाख रुपैयाँको आर्थिक सहयोग गरेको हो । विद्यालयमा अध्ययन र अध्यापन गर्दै आएका करिव ११ सय ५० जनालाई शुद्ध खानेपानीको व्यवस्था गर्न उक्त सहयोग रकम प्रदान गरिएको बैंकले जानकारी दिएको…