Logo

संसदबाट अनुमोदन नभएसम्म एमसीसीसम्बन्धी सबै काम रोक्ने नेकपाको निर्णय, बजेटमा समेत हेरफेर गर्न सकिने

संसदबाट अनुमोदन नभएसम्म एमसीसीसम्बन्धी सबै काम रोक्ने नेकपाको निर्णय, बजेटमा समेत हेरफेर गर्न सकिने



काठमाडौं । नेकपा सचिवालय बैठकले संसदमा विचाराधीन मिलेनियम च्यालेन्ज कर्पोेरेसन एमसीसी सम्झौताबारे संसदले गरेको फैसला मान्य हुने निष्कर्ष निकालेको छ । संसदले एमसीसी अनुमोदन नगरे बजेटको अनुसूची हेरफेर हुने समेत बैठकको निश्कर्ष छ । साथै बैठकले एमसीसीएका महत्वपूर्ण कामहरु हाललाई रोक्ने निर्णय गरेको छ ।

यस्तै एमसीसीको प्रतिवेदनलाई पुनः अध्ययन गरी नेकपाको अर्काे सचिवालय बैठक बोलाईने समेत नेकपा उच्च स्रोतले जानकारी दिएको छ । अर्को बैठकको मितिबारे अध्यक्षद्वयले आपसमा छलफल गरेर तय गर्ने निर्णय भएको हो ।

हाल एमसीसीे गरिरहेका कामहरुको सम्बन्धमा संसदबाट अनुमोदनपछि गरिनुपर्ने कतिपय काम अघि नबढाउने गरी स्थिति बुझेर स्पष्ट पारिनेछ । एमसीसी संसदबाट पारित गर्ने सन्दर्भमा सचिवालयमा छलफलपछि निर्णय हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL