काठमाडौं । स्मार्टफोन बजारमा असफल भएको माइक्रोसफ्टले फेरि नयाँ स्मार्टफोन सार्वजनिक गर्ने भएको छ । माइक्रोसफ्टले एन्ड्रोइड अपरेटिङ सिस्टमबाट चल्ने हाइ रेञ्जको स्मार्टफोन ल्याउने भएको हो । कम्पनीले सेप्टेम्बर १० मा स्मार्टफोन ल्याउने मिति घोषणा गरेको हो । सर्फेस डियो नाम दिइएको यो फोनको मूल्य १ हजार ३९९ अमेरिकी डलर (करीब १ लाख ७० हजार…