Logo

कोरोना असरबीच नविल बैंकले कमायो ३ अर्ब ५६ करोड, प्रतिसेयर आम्दानीमा गिरावट

कोरोना असरबीच नविल बैंकले कमायो ३ अर्ब ५६ करोड, प्रतिसेयर आम्दानीमा गिरावट


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । कोरोना भाइरसको असरका कारण नविक बैंकको नाफामा गिरावट आएको छ । कोरोना भाइरस प्रभावका कारण बैंकको नाफामा बैंकले आर्थिक बर्ष २०७६/७७ मा ३ अर्ब ५६ करोड रुपैयाँमा सिमिति भएको छ । जबकि बैंकले आब २०७५/७६ मा ४ अर्ब २३ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । कोरोनाका कारण बैंकको आफ्नो ब्याज आम्दानी उठ्न नसक्दा नाफामा गिरावट आएको हो ।

laxmi

यसैगरी बैंकको वितरणयोग्य नाफामा समेत गिरावट आएको छ । अघिल्लो आवमा ३ अर्ब ७३ करोड रुपैयाँ वितरणयोग्य नाफा रहेको नविलको गत आबमा खुम्चिएर ३ अर्ब ४ करोड रुपैयाँमा सिमिति भएको छ ।

गत आबको अन्त्यसम्म आईपुग्दा बैंकले १ खर्ब ९० अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ भने सोही अबधिसम्म बैंकले १ खर्ब ४८ अर्ब रुपैयाँ कर्जा प्रबाह गरेको वित्तीय विवरणमा उल्लेख छ । उक्त कर्जा प्रवाह वापत बैंकले गत आबमा ७ अर्ब २ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ ।
नाफा घटेसँगै बैंकको प्रतिसेयर आम्दानीमा पनि गिरावट आएको छ । हाल बैंकको प्रतिसेयर आम्दानी ३७ रुपैयाँ २४ पैसामा खुम्चिएको छ ।

सो अबधिमा बैंकको खराब कर्जा पनि सामान्य वृद्धि भएको छ । आव २०७५/७६ मा बैंकको खराब कर्जा कुल कर्जा प्रबाहको ०.७४ प्रतिशत रहेकोमा गत आबमा आईपुग्दा बढेर ०.९७ प्रतिशत पुगेको छ ।

बैंकले आफ्नो स्प्रेड दर भने घटाएको छ । अघिल्लो आबमा ४.४३ प्रतिशत रहेको स्प्रेड घटेर गत आवमा ३ दशमलव ७३ प्रतिशतमा झरेको छ । हाल बैंकको सीसीडी रेसीयो पनि ७२.९० प्रतिशतमा घटेर ६८.०८ प्रतिशत कायम भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL