Logo

आईपीओमा आवेदन दिँदा अबदेखि कम्तिमा ५० कित्ताको आवेदन दिनुपर्ने, बुक बिल्डिङ कार्यविधि २०७७ लागु

आईपीओमा आवेदन दिँदा अबदेखि कम्तिमा ५० कित्ताको आवेदन दिनुपर्ने, बुक बिल्डिङ कार्यविधि २०७७ लागु


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । अबदेखि आईपीओको आवेदन दिँदा कम्तिमा ५० कित्ताका लागि आवेदन दिनुपर्ने भएको छ । नेपाल धितोपत्र बोर्ड (सेबोन)को साउन २२ गते बसेको बैठकले बुक बिल्डिङ निर्देशिका २०७७ लागु गर्दै उक्त व्यवस्था गरेको हो ।

laxmi

बोर्डको बैठकले बुक बिल्डिङमार्फत आईपीओ जारी गर्दा न्युनतम ५० कित्तासम्मको आवेदन दिनुपर्ने निर्णय गरेको हो । तर सामान्य तरिकाबाट आईपीओ जारी गर्दा भने १० कित्ते नीति नै लागु हुने बोर्डका कार्यकारी निर्देशक निरज गिरीले जानकारी दिए ।

यस्तै बोर्डले बुक बिल्डिङमार्फत जारी गरिएको आईपीओ बाडँफाँड हुने धितोपत्र संख्या पनि न्युनतम ५० कित्ता हुनेगरी व्यवस्था गरेको छ । यसअघि न्युनतम १० कित्ताको लागि आवेदन दिन पाइने र बाँडफाँड हुँदा न्युनतम १० कित्ता सेयर पाइने व्यवस्था रहेको थियो ।

यस्तै उक्त कार्यविधिमा संगठित संस्थाले निष्काशन तथा विक्री प्रबन्धकको परामर्शमा धितोपत्रको अनुमानित मूल्य तथा मूल्यांकनको आधार र औचित्य समेत खुलाइएको प्रारम्भिक विवरणपत्र तयार गरी योग्य संस्थागत लगानीकर्तासँग छलफल कार्यक्रम संचालन गर्नुपर्ने उल्लेख गरिएको छ ।

न्यूनतम १० योग्य संस्थागत लगानीकर्तासँग खरिद गर्न चाहेको न्यूनतम धितोपत्र संख्या, खरिद आशय मूल्य तथा मूल्यांकनको आधार सहित प्रारम्भिक विवरणपत्रको सम्बन्धमा सुझाव प्राप्त गर्नुपर्ने छ ।

संगठित संस्थाले योग्य संस्थागत लगानीकर्ताबाट प्राप्त आशय मूल्यको अध्ययन गरी आधार मूल्य तय गर्नुपर्ने र उक्त आधार मूल्यमा २० प्रतिशत थप गर्दा कायम हुने मूल्य माथिल्लो सीमा र २० प्रतिशत घटाउदा कायम हुने मूल्य तल्लो सीमा हुने गरी मूल्य सीमा निर्धारण गर्नुपर्ने छ ।

यस्तो छ बोर्डको कार्यविधि लागु गरिएको सूचना :

आईपीओमा आवेदन दिँदा अबदेखि कम्तिमा ५० कित्ताको आवेदन दिनुपर्ने, बुक बिल्डिङ कार्यविधि २०७७ लागु
आईपीओमा आवेदन दिँदा अबदेखि कम्तिमा ५० कित्ताको आवेदन दिनुपर्ने, बुक बिल्डिङ कार्यविधि २०७७ लागु

प्रतिक्रिया दिनुहोस्
MBL