Logo

११ वायुसेवा कम्पनीलाई बक्यौता रकम तिर्न प्राधिकरणको ताकेता, ३० दिनभित्र नबुझाए जायजेथाबाट असुल गरिने

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले विभिन्न ११ वटा वायुसेवा कम्पनीहरुलाई ९ करोड ६८ लाख रुपैयाँ बक्यौता रकम बुझाउन ताकेता गरेको छ । प्राधिकरणले एक सार्वजनिक सूचना जारी गर्दै संचालनमा नरहेका उक्त ११ वायुसेवा कम्पनीहरुलाई बक्यौता रकम बुझाउन ३० दिने म्याद दिएको हो । प्राधिकरणले नेकोन एयर, शिवानी एयर, अल्पाइन एयर, गोरखा एयर, कर्णाली एयर,…